दाङमा दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ पठाइयो

खरीबोट

तुलसीपुर, दाङ ।  दाङको तुलसीपुर बजारमा आज बिहान रा १ क ५८३ नं.को टिपरले रा ३ प २५३३ नं.को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटी चालक तुलसीपुर उपमहानगरपालिका–९ की टिना गिरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । 

बिहान करिब ७ बजे तुलसीपुरको व्यस्त सडकमा टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएकी गिरीलाई नेपाली सेना १९ नंं बाहिनी अड्डा तुलसीपुरको समन्वयमा राप्ती अञ्चल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको हो । 

गिरीको पेट र खुट्टामा गहिरो चोट लागेको राप्ती अञ्चल अस्पताल तुलसीपुरले जनाएको छ । प्रत्यक्षदर्शीले टिपर चालकले स्कुटीमा ठक्कर दिएपछि पुन व्याक गरेर ठक्कर दिएको बताएका छन् । 

सो घटनापछि दोषीलाई कारबाही र घाइतेलाई निःशुल्क उपचारको व्यवस्थाको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध गर्नुका साथै राप्ती अञ्चल अस्पतालमा नारावाजी गरेका थिए । 

सम्बन्धित समाचार

 चितवनमा गएराती ट्रकको ठक्करबाट दुईको मृत्यु

चितवन। गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ

काठमाडौँको तिनकुनेमा बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु

काठमाडौँ। काठमाडौँको तिनकुने सडक खण्डमा आज बसको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुरमा पछाडी सवार काठमाडौको सिनामंगल बस्ने ६८ वर्षीया सानु गिरी रहेकी छिन्

दुर्घटनामा धेरै दुइपाङ्ग्रे चालकको मृत्यु

काठमाडौँ  /  काठमाडौँ उपत्यकामा सवारी साधनको दुर्घटनामध्ये मोटरसाइकल र स्कुटर चालकको धेरै ज्यान जाने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष ०७४÷७५ मा मोटरसाइकल र स्कुटर दुर्घटनामा १११

नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा २२ बालबालिकाको मृत्यु

सुडान। सुडानको राजधानी खार्तुमबाट उत्तरमा रहेको नाइल नदीमा डुङ्गा दुर्घटना हुँदा स्कुल जाँदै गरेका कम्तीमा २२ जना बालबालिका डुबेको स्थानीय अधिकारीहरुले जनाएका छन् ।  सुना समाचार संस्थाका अनुसार, दुर्घटनामा डुङ्गा चढेकी