• २०८१ बैशाख १५ शनिबार

संसदमा उपस्थिति हुन सभामुख महराद्वारा सांसदहरुको ध्यानआकर्षण 

kharibot

काठमाडौँ । संघीय संसदका सभामुखले संसदमा सांसदहरुको उपस्थितिलाई लिएर सभामुख कृष्णबहादुर महराले सांसदहरुको ध्यान आकर्षण गराएका छन् ।

शुक्रबार बसेको संसदको बैठकमा सभामुख महराले संसदमा मिडियाले सांसदको उपस्थितिको विषयमा कुरा उठेको भन्दै  सांसदहरुको उपस्थितहोस् भन्दै ध्यान आकर्षण गराएका हुन् ।

त्यस्तै सभामुख महराले संसदमा सरकारका मन्त्रीहरुको उपस्थिति नहुदा संसद बैठक संचालन गर्न असहज भएको भन्दै संसद बैठकमा उपस्थित हुन् सरकारलाई पनि ध्यान आकर्षण गराएका छन् ।

साथै सभामुख महराले सांसदहरु बैठकमा तोकिएको समयमा नाउने देखिएकोले समयमै आउन निर्देशन दिएका छन् ।

अहिले संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफल चलिरहेको बेला संसदहरुको न्यून उपस्थितिलाई लिएर मिडियामा कुरा उठेपछि सभामुखले आजको बैठकमा सांसदहरुको ध्यानआकर्षण गराएका हुन् ।      


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै