• २०८१ बैशाख १५ शनिबार

सुवास नेम्वाङले दिए मिनेन्द्र रिजाललाई पानी जहाज चढ्ने निम्तो 

kharibot

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवासचन्द्र नेम्वाङले काँग्रेस नेता मिनेन्द्र रिजाललाई पानी जहाजसँगै चढेर जाने प्रस्ताव गरेका छन् । 

नेता नेम्वाङले प्रतिनिधि सभाको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै पानी जाहजको सपना देखेपछि कोशी हुदै गंगा हुदै हिन्दमहासागरसम्म पानी जहाजमा पुगेको सपना आफुले पनि देख्न थालेको बताएका छन् । 

नेम्वाङले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गरेका काँग्रेस नेता मिनेन्द्र रिजाललाई भने, ‘तपाइँकै कोशीबाट महासागरसम्म पानी जहाजमा सँगै जाउँ न हुदैन ।’

नीति तथा कार्यक्रममा प्रतिपक्षले उठाएका कुरालाई सम्मान गर्नुपर्ने भन्दै प्रतिपक्षले पनि सकारात्मक भूमिका खेल्नु पर्ने बताए ।  संबिधान जारी गर्न सबै दलको उत्तिकै भूमिका भएको भन्दै उनले अहिले संबिधानका विषयमा उठेका टिका टिप्पणी जायज नभएको धारणा राखेका थिए । 

उनले नीति तथा कार्यक्रम सकारात्मक भएकोले यसलाई विवादको विषय नबनाउन आग्रह गरे । अहिले नीति तथा कार्यक्रममा गणतन्त्र छैन, संघियता छैन भन्ने कुरा सहि नभएको भन्दै संबिधानप्रति प्रतिबद्ध भएकाले यस्तो प्रश्न उचित नभएको बताए ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै