• २०८१ बैशाख १४ शुक्रबार

आइपिएलमा यस सिजनमा ११ बलरले फाले मेडन ओभर, को हुन् ति बलर ?

kharibot

काठमाडौँ । अब यस सिजनको आइपिएल अन्त्यतिर आएको छ । चेन्नई सुपरकिंग्स फाइनलमा पुगेको छ ।

अब दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र कोलकोता नाइटराइडर्सबीच आज हुदै छ  । यस खेलका विजयी टिमले यस सिजनको आइपिएलको फाइनल खेल चेन्नई सुपरकिंग्ससँग खेल्ने भएको छ ।  

यस सिजनमा कैयौ रेकर्ड तोडिए भने कैयौ ठुलो हस्तीहरुले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानहरुले रन बनाउन सकेनन् भने बलरहरुले धेरै रन दिएका छन् ।

टि-२० क्रिकेटमा मेडन ओभर बल फाल्नु भनेको असम्भव जस्तै मानिन्छ ।  तर पनि कहिलेकाँही बलरहरुको उत्कृष्ट प्रदर्शनसहित मेडन ओभर फाल्न सफल भएको देखिन्छ । 

यस्तैमा यस आइपिएलमा इलिमिनेटरसम्मको खेल सकिदा ११ जना बलरले एक एक ओभर मेडन ओभर फाल्न सफल भएका छन् ।

यस आइपिएलमा मेडन ओभर बलिङ गर्ने ११ जना बलरमा लुंगी एनगिड़ी, अमित मिश्रा, दिपक चहर, उमेश यादव, बेन स्टोक, अंकित राजपुत, शर्दुल ठाकुर, डावने ब्राभो, रशिद खान, युज्वेन्द्र चहल र ट्रेन्ट बोल्ट रहेका छन् ।

त्यस्तै आइपिएलको एघारौ सिजन सम्म आइपुग्दा भने धेरै मेडन ओभर फाल्ने रेकर्ड भारतीय बलर प्रविन कुमारको नाममा रहेको छ । उनले ११९ खेलमा ४२०.४ ओभर बलिङ गर्दै १४ ओभर मेडन फालेका छन् ।

यस सुचिमा दोस्रो स्थानमा भारतीय बलर इरफान पठान रहेका छन् । पठानले विभिन्न आइपिएल टीमबाट खेल्दै १०३ ओभर बलिङ गर्दै ३४०.३ ओभरमा १० ओभर मेडन फालेका छन् ।

यस सुचीको तेस्रो स्थानमा लातिस मलिंगा र सन्दीप शर्मा रहेका छन् । दुवैले ८-८ ओभर मेडन फालेका छन् ।

मलिंगाले ११० खेलमा ४२६.२ ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका हुन् भने सन्दीप शर्माले ६७ खेलमा २४४.१ ओभर बलिङ गर्दै ८ ओभर मेडन फालेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै