• २०८१ बैशाख १५ शनिबार

बायर्न म्युनिखको स्टेडियममा मेसीले पाए विशेष ठाउ, यस्तो छ कारण 

kharibot

काठमाडौँ । जर्मनीको फुटबल जाइन्ट बायर्न म्युनिखको अलियांज स्टेडियममा अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीका लागि विशेष ठाउ दिइएको छ ।

मेसीका लागि डेडीकेट गरिएको विशेष ठाउमा मेसीको बार्सिलोनाको ऐतिहासिक जर्सी राखिएको हो । स्टेडियमको म्युजिममा विशेष ठाउँ बनाएर सो जर्सी राखिनुमा विशेष कारण रहेको छ । 

मसीको जर्सी राख्नुमा मेसीले सन् २०१२ मा बायर्न म्युनिखका लिजेण्ड फुटबलर जेर्ड मुलरले एक बार्षिक क्यालेन्डरमा बनाएको ऐतिहासिक ८५ गोलको रेकर्डलाई मेसीले ९१ गोल गरेर तोडेका थिए । सो रेकर्ड तोडेपछि मेसीले रेकर्ड तोड्दा लगाएको जर्सी मुलरलाई उपहार स्वरूप पठाएका थिए । 

हाल ७२ बर्षका मुलरले सो जर्सी अहिले आफुले राख्नुभन्दा क्लबको ऐतिहासिक म्युजियममा राखुनु उपयुक्त हुने ठानेर क्लबलाई दिएको बताइएको छ । बायर्न म्युनिखले पनि आफ्ना लिजेण्ड खेलाडी मुलरसँग जोडिएको यो ऐतिहासिक जर्सीलाई सम्मानका साथ राख्दै आफ्नो स्टेडियममा विशष ठाउ दिएको हो । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै