• २०८१ बैशाख १५ शनिबार

२ सय ९८ यात्रु बोकेको मलेसियाली जहाज रुसी क्षेप्यास्त्र प्रहारबाट खसालिएको पुष्टि  

kharibot

काठमाडौं । सन् २०१४ मा पूर्वी युक्रेनो आकाशबाट खसालिएको मलेसियाली विमानबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बीबीसीका अनुसार २ सय ९८ जना यात्रु बोकेर उडिरहेको विमान रुसी मिसाइलद्वारा खसालिएको अन्तर्राष्ट्रिय अनुसन्धाताहरुले पुष्टि गरेका हुन् । 

उक्त विमान खसाल्न रसियन ब्रिगेडबाट मिसाइल प्रयोग भएको थियो । डच टोलीले यसको अनुसन्धान गरिरहँदा यो तथ्य बाहिरिएको हो । 

उक्त घटनामा सबै २ सय ९८ जनाको मृत्यु भएको थियो । बोइंग ७७७ उक्त विमान मध्यउडानका क्रममा अम्स्टरडमबाट क्वालालम्पुर जाँदै थियो । विमानमा बुक क्षेप्यास्त्र प्रहार भएको थियो । क्षेप्यास्त्र युक्रेनको विद्रोही नियन्त्रित क्षेत्रबाट प्रहार भएको थियो । 

विमान खसेपश्चात् उक्त क्षेत्र रुससमर्थक विद्रोहीको नियन्त्रणमा थियो । ९एम३८ बुक लन्चरबाट क्षेप्यास्त्र प्रहार भएको बताइएको छ । त्यसलगत्तै उक्त क्षेप्यास्त्र रुसतर्फ लगिएको अनुसन्धान टोलीको भनाइ छ । 

रुसले यसअघि आफ्नो हतियारजन्य प्रहारबाट विमान नखसेको बताउँदै आए पनि नयाँ तथ्य बिहीबारमात्रै सार्वजनिक भएको हो । सन् २०१्र५ को अक्टोबरमै डच सेफ्टी बोर्डले रुसी मिसाइलले प्लेन खसेको बताएको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै