• २०८१ बैशाख १५ शनिबार

मेसीको अर्जेन्टिनाको जर्सी लिएर फ्यान पुगे सर्वोच्च शिखर सगरमाथामा 

kharibot

काठमाडौँ । अर्जेन्टिनाका सुपरस्टार फुटबलर लियोनेल मेसीको जर्सी सगरमाथामा पुर्याइएको छ । 

मेसीका फ्यान डान जेंगलुओबुले सगरमाथामा पुगेर मेसीको जर्सीसहितको तस्बिर मेसीले सामाजिक संजालमा सेयर गर्दै मेसीले धन्यवाद दिएका छन् ।

 डान जेंगलुओबुले विश्वकपको मुखमा मेसीको अर्जेन्टिनाको जर्सी सगरमाथा पुर्याएर मेसीको ठुलो फ्यान रहेको प्रमाणित गरेका छन् । 

आफ्ना फ्यानले आफ्नो राष्ट्रिय टिमको जर्सी नेपालमा रहेको विश्वको अग्लो शिखर सगरमाथामा पुर्याएपछि मेसीले आफ्नो ९ करोड फलोअर रहेको फेसबुकमा सो तस्विर पोस्ट गर्दै धन्यवाद दिएका हुन् ।

मेसीले यस सिजनमा बार्सिलोनालाई ला लिगाको उपाधि जिताएर विश्वकपका लागि अर्जेन्टिनाको टिमको तयारीमा जुटेका छन् । अर्जेन्टिनाले आगामी मे २९ मा हैटीसँग विश्वकपको तयारी स्वरूप मैत्रीपूर्ण खेलखेल्दै छ ।

यस पटकको विश्वकपका लागि अर्जेन्टिनालाई विश्वकप जित्ने बढी सम्भावना भएको टीमको रुपमा हेरेका छन् ।

सन २०२२ को कतारमा हुने विश्वकपमा मेसी ३४ बर्षको हुने हुनाले पनि यस विश्वकपमा मेसीले उत्कृष्ट प्रदर्शन गर्ने विस्वास गरिएको छ ।

आगामी जुन १४ देखि हुने विश्वकपमा अर्जेन्टिना समुह ‘डी’ मा रहेको छ । अर्जेन्टिनासँगै समुह ‘डी’ मा आइसल्याण्ड, क्रोसिया र नाइजेरिया रहेका छन् । यस बर्षको विश्वकप खेल्ने टिममा सबैभन्दा मन पराइएको टिम रहेको अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेल जुन १६ मा आइसल्याण्डसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै