• २०८१ बैशाख १४ शुक्रबार

नेपाल इन्भेष्टमेण्ट बैंक र इन्टरनेशनल फाइनान्स कर्पाेरेसनबीच कर्जा सम्झौता

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आईएफसी)बीच कर्जा सम्झौता भएको छ । बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ । 

सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आईएफसीका तर्फबाट आवासीय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गरे ।

यो सम्झौतापछि नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आइएफसीसँग कर्जा लिन पाउनेछ । अन्तर्राष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्रावधान छ । सम्झौतापछि देशमा अहिले देखिएको आर्थिक तरलता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । आईएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा उपलब्ध गराउनेछ ।

यसअघि नेपाल इन्भेष्टमेण्ट बैंक लि. र आईएफसीबीच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिनेछ ।  

शाखा संख्या ७० वटा पुगेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै