• २०८१ बैशाख १४ शुक्रबार

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा

kharibot

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालिकामा नयाँशाखाहरु संचालनमा ल्याएकोे छ । 

थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५ सयभन्दा बढि रेमिट्यान्स, ५१ शाखारहित बैंकिङ अनि चार सयभन्दा बढी मोबाइल एजेन्टहरु पुगेको छ । यीशाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनिव्यापकबनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथाग्राहकअनुभवलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३\७४मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमाखुदमुनाफाआर्जन गर्न सफलभएको छ, जुन अघिल्लो वर्षको सोहीअवधिको तुलनामा २७प्रतिशतले बढी हो ।

यसका साथ साथै संपूर्ण वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुपनै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागिउत्साहजनक रुपमा रहेका छन् ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसायकर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा सानाव्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै