• २०८१ बैशाख १५ शनिबार

सस्ता इयरफोनबाट संगीतको मजा लिँदा खतरा हुनसक्छ, ख्याल गर्नुहोस् !

kharibot

काठमाडौं । मानिसहरुमा हिँड्दा, बस्दा या अन्य कुनै काम गर्दा नै किन नहोस्, कानमा इयरफोन राखेर गीत सुनिरहनुपर्ने बानी हुन्छ । आजकल धेरै मानिसहरु यसै गरिरहेका भेटिन्छन् । अझ हामी बाटोमा या पसलमा सस्तोमा पाइयो भने जे पनि किन्छौँ । 

झन् इयरफोनजस्तो सामान्य कुरा किन महंगो खरिद गर्ने, किन ब्रान्डेड नै चाहियो र । आखिर गीत त सुन्ने हो । यस्तै बानी बसेको छ तर सस्तो इयरफोनबाट विभिन्न खतरा हुनसक्ने बताइएको छ । 

बसपार्क, सहरबजारमा बाटा बाटामा छ्यापछ्यापती इयरफोन खुल्लमखुल्ला बार्गेनिंग गरेर जतिमा चाह्यो त्यतिमा इयरफोन किन्न पाइन्छ । हामीलाई स्वास्थ्यलगायतका यसको प्रयोगबाट सिर्जना हुने समस्याले सताउने कुरालाई हामी नजरअन्दाज गर्दै मनचाह र सस्तो इयरफोन किनेर गीत सुनिरहेका छौँ ।

यसबाट धेरै नोक्सानी हुन्छ । एक त यो चाँडै बिग्रिने हुन्छ, न वारेन्टी न ग्यारेन्टी । अर्को कानमा फिट नहुनसक्छ ।

अर्को समस्या एउटामा ठूलो र अर्कोमा सानो आवाज आउने हुन्छ, यसले स्वास्थ्यमै प्रतिकूल असर गर्छ । किनकि हामी सानो आवाज आएपछि चर्को बनाउँछौँ, बानी पर्दै जान्छ र यसले कानमा समस्या ल्याउने डर हुन्छ । 

अझ कतिपय इयरफोनहरु त ग्राहकलाई आकर्षित गर्न आवाजलाई हाई डेसिबल बनाइएको हुन्छ । यसको प्रयोगबाट कानको सुन्ने क्षमतामा ह्रास आउँछ भने यसले व्यक्तिलाई मानसिक रोगी बनाइदिन पनि सक्छ ।  

पढ्नै पर्ने

लोकप्रिय