• २०८१ बैशाख १५ शनिबार

महेन्द्रसिंह धोनीले आइपिएलमा बनाए यस्तो रेकर्ड 

kharibot

काठमाडौँ । आइपिएलको एक फाइनालिष्ट चेन्नई सुपर किंग्स बनेको छ । महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले गत्येराती भएको फाइनलमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्यो । 

चेन्नई फाइनलमा पुगेसँगै अनेकौ रेकर्ड बनेका छन् । आइपिएलको एघारौ सिजनसम्म आइपुग्दा चेन्नई ७ पटक आइपिएलको फाइनलमा पुगेको छ । चेन्नईले यसअघि २ पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै आइपिएलको फाइनलमा ४ पटक पुगेको मुम्बईले तीन पटक उपाधि नै जितेको छ भने रोयल च्यालेन्जर्स बैंगलोर तीन पटक आइपिएलको फाइनलमा पुगेको छ ।

चेन्नई आइपिएलमा पुगेसँगै कप्तान महेन्द्र सिंह धोनीको नाममा आइपिएलमा नयाँ रेकर्ड बनेको छ । धोनी पुरै आइपिएलको एक मात्र खेलाडी हुन् जो अब अठौ पटक आइपिएलको फाइनल खेल्दै छन् । धोनीले यस अघि ६ पटक चेन्नईका लागि फाइनल खेलेका छन् भने एक पटक गत सिजनमा पुने सुपरजाइन्टका लागि फाइनल खेलेका थिए । अब यस सिजनमा फाइनलमा पुगेर धोनीले ११ सिजनमा ८ पटक फाइनल खेल्ने एक्लो खेलाडी बनेका छन् ।

यस अघि धोनी २००८, २०१०, २०११, २०१२, २०१३, २०१५ मा चेन्नईबाट फाइनल खेलेका छन् भने २०१७ मा पुनेका लागि फाइनल खेलेका थिए । अब यस सिजनमा पनि चेन्नईबाट फाइनल खेल्ने भएका छन् ।

यस सिजनमा धोनीको प्रदर्शन उत्कृष्ट रहेको छ । धोनीले १५ खेलमा ४५५ रन बनाएका छन् जसमा उनको स्ट्राइक रेट १५५ भन्दा माथि छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै