• २०८१ बैशाख १५ शनिबार

लागुऔषधसहित सप्तरीबाट दुई पक्राउ

kharibot

राजविराज । सप्तरीको छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित दुई जनालाई आज पक्राउ गरेको छ । 

कुनौली–राजविराज सडकखण्डबाट जिल्लाको अग्निसाइर कृष्णशवरण गाउँपालिका–२ बस्ने २४ वर्षीय गुलसन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

प्रहरीले चेकजाँच गर्दा पाइन्टको अगाडिपट्टिको दाहिने गोजीमा न्याटरोजन ११, दुई मिलियनको लुपिजेसी एक एम्पुल, डाइजेलाब दुई एम्पुल र दुई मिलियन फेनिगन दुई एम्पुल फेला पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले जानकारी दिए । 

त्यस्तै, जिल्लाको रुपनी गाउँपालिका–१ बाट समेत लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । शम्भुनाथ नगरपालिका–२ बस्ने रामकुमार चौधरीलाई डाइजेलाब दुई एम्पुल र दुई मिलियन फेनिगन दुई एम्पुलसहित पक्राउ गरेको प्रहरी उपरीक्षक सिँहले बताए । 

यता पक्राउ परेका दुवै जनालाई म्याद थप गरी कानूनी कार्वाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै