• २०८१ बैशाख १४ शुक्रबार

स्काईवर्थले ल्यायो संसारकै सबैभन्दा पातलो टिभी

kharibot

काठमाडौँ । केएल दुगड समूह अन्तर्गत स्मार्ट अप्लाईन्सेस कम्पनीले स्काईवर्थ ब्राण्डको ‘वालपेर टिभी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । 

यो टिभीको मोटाइ जम्मा ३।६ एमएम रहेको छ जुन संसारकै सबैभन्दा स्लिम टिभी हो । यो टिभी स्मार्ट फोन भन्दा पनि पातलो रहेको छ । सोमबार सांझ काठमाण्डौमा डिलर मिट आयोजना गरि सो टिभी सार्वजनिक गरिएको हो । ओएलइडी टेक्नोलोजीले डिस्प्लेमा उज्यालो, किफायति, पातलो र विभिन्न नयाँ फिचरहरु समाबेस गरेको छ जुन अन्य एलइडी टिभी भन्दा निकै राम्रो रहेको छ ।

साथै यो टिभीमा जेबीएल साउण्ड सिस्टम जडान गरिएको छ जसकारण उच्च दर्जाको साउण्ड अनुभव गर्न सकिन्छ । यो टिभीको मूल्य नेपाली बजारमा रु. २० लाख भन्दा माथि पर्ने कम्पनिले जनाएको छ ।

सोही कार्यक्रममा स्काईवर्थको गुगल एन्रोएड टिभी र मल्टिफङस्नल टि टेबल पनि सार्वजनिक गरिएको थियो । गुगल एन्रोएड टिभीमा भ्वाइस कमाण्डबाट नै आङ्खनो इच्छा अनुसारको कार्यक्रम हेर्न सकिने र मोबाइल जस्तै गुगल प्लेस्टोरमा गएर आङ्खनो चाहना अनुसारको एप्लिकेसन डाउनलोडगर्न सकिने स्मार्ट प्रविधि छ ।

साथै मल्टिफङस्नल टि टेबल, टेबल मात्र नभई रेफ्रीजेरेटर, सौन्द बक्स, मोबाइल चर्जीङ युनिट जस्ता विविध प्रविधिहरु एउटै टेबल मा उपलब्ध भएको समार्ट टेबल हो । यी सार्वजनिक गरिएका तिन वटै  प्रोडक्ट इनोभेसन र टेक्नोलोजिको उत्कृष्ट उदाहरण हो । त्यस कारण यी प्रोडक्टहरुले नेपालमा पनि राम्रो बजार लिने छ भन्ने कम्पनीको दाबी रहेको छ । 

युरोप, एसिया, अफ्रिका तथा अमेरिकाको बजारमा राम्रो सफलता हांसिल गरिसकेको यस स्काईवर्थ कम्पनीको टिभी तथा होम एप्लाइन्सेस राम्रो गुणस्तरको र किफायती मूल्यमा उपलब्ध हुने कारण नेपालमा पनि छोटो समयमै  लोकप्रिय हुन सफल भएको कम्पनीको ठम्याई रहेको छ । 

साथै स्काईवर्थको वल्र्डकप अफर स्किम नेपालभर संचालन भईरहेको छ । यस योजना अन्र्तगत स्काइवर्थका टेलिभिजनमा उपभोक्ताले २५ प्रतिशतसम्मको छुट अफर पाउने छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै