• २०८१ बैशाख १६ आइतबार

सेयरबजार आज पनि ओर्लियो, ५३ करोडको मात्रै कारोबार

kharibot

काठमाडौंै । नेप्सेको गिरावटले आजपनि निरन्तरता पाएको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से चार दशमलव ३१ अंकले घटेर १३ सय ३२ दशमलव ८२ विन्दुमा झर्दा सेन्सिटिभ पनि एक दशमलव अंकले घटेर दुई सय ८१ दशमलव ११ विन्दुुमा झरेको छ । 

नेप्सेमा आज एक सय ६० कम्पनीहरुको तीन हजार आठ सय पाँच वटा कारोवारमा १० लाख ४७ हजार आठ सय ४३ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५३ करोड आठ लाख ६९ हजार तीन सय ८९ रुपैयाँ पुगेको छ ।

आज नौ वटा समूहको कारोवार भएकोमा छ वटा समूहको सूचक घटेर बाँकी तीन वटा समूहको सूचकमा सुधार आएको छ । कारोवार घट्ने समुुहमा परेको बाँणिज्य बैंक समूहको सूचक चार दशमलव १४ अंकले घटेर ११ सय ३७ दशमलव ९५ विन्दुमा झर्दा १० करोड ९४ लाख ५७ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सुचक पनि सात दशमलव दुई अंकले घटेर १५ सय ३२ दशमलव ७५ विन्दुमा झरेकोमा एक करोड १६ लाख ३६ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बीमा समूहको सूचक पनि २४ दशमलव ४५ अंकले घटेर छ हजार आठ सय ७६ दशमलव ८१ विन्दुमा झर्दा तीन करोड ६९ लाख ३८ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलबिद्युत, फाईनान्स र अन्य समूहको सूचकमा पनि आज गिरावट आएको छ । लघुबित्त समुहको सूचक भने पाँच दशमलव ७५ अंकले बढेर १७ सय ८३ दशमलव एक विन्दुमा चढेकोमा १० करोड ७१ लाख ७५ हजार रुपैयाँको खरिद बिक्री भएको छ । यसैगरी उत्पादमुलक र अन्य समूहको सूचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा परेको शुर्योदय लघुुबित्त बित्तीय संस्थाको सेयर मुल्य नौ रुपैयाँ ९७ पैसाले बढेर १६ सय ८८ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा परेको सेन्ट्रल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य छ रुपैयाँ २५ पैसाले घटेर एक सय २० रुपैयाँमा कारोवार भएको छ ।

रकम करोवारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरतर्फ  पाँच सय ७० रुपैयाँ अन्तिम मुल्यमा २२ करोड २४ लाख ८९ हजार एक सय ९९ रुपैयाँको सेयर कारोवार भएको छ ।

स्वरोजगार लघुबित्त विकास बैंकको पनि १९ सय २० रुपैयाँ अन्तिम मुल्यमा दुई करोड ५४ लाख ३६ हजार छ सय १८ रुपैयाँको सेयर कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै