काठमाडौँ । भारतले नेपालको विराटनगरस्थित आफ्नो दुतावास अफिस बन्द गर्ने निर्णय गरेको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै विराटनगरस्थित दुताबासकार्यालय बन्द हुने जानकारी दिएको छ ।
विज्ञप्तिमा सन २००८ मा कोशीका बाढी पिडितलाई सहयोग गर्ने उद्देश्यले खोलिएको सो कार्यालय आफ्नो उद्धेश्य पुरा भएकोले अब बन्द गर्ने निर्णय गरिएको छ ।
भारत सरकारले सो कार्यालय बन्द गरेर त्याँहा कार्यरत कर्मचारीलाई अन्यत्र पठाई सकेको जानकारी दिइएको छ ।
विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै भएको नेपाल भ्रमणमा सो जानकारी गराइएको उल्लेख गरिएको छ ।