• २०८१ बैशाख १५ शनिबार

पुथा उत्तरगंगाका सबै वडा सचिवविहीन

kharibot

रुकुम ।  रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका सबै वडा नौ महिनादेखि सचिवविहीन भएका छन् । 

दुर्गम भन्दै यहाँ कार्यरत सचिव सरुवा भएर गएपछि गाउँपालिका सचिवविहीन भएका हुन् । दुर्गमताका कारण यहाँ सचिव बस्न नमानेको गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीले जानकारी दिए । 

उहाँका अनुसार असोजभन्दा पहिले पनि चारजना सचिव मात्र थिए भने एकजना सचिवले तीन-चार वडा हेर्दै आएका थिए । एकजना सरुवा भएर गएको र अन्य तीनजना गाउँपालिकालाई जानकारी नगराई रुकुम (पश्चिम) मा रहेका अध्यक्ष घर्तीको भनाइ छ । 

गाउँपालिकाका सबै वडा सचिवविहीन भएपछि प्रशासनिक काम, प्रशासनिक खर्चसमेत अवरुद्ध भएको छ भने वडामा सचिवबाट हुने कामकाज प्रभावित भएको छ । पञ्जीकरणलगायतका काम प्रभावित भएको अध्यक्ष घर्तीले बताए । 

अहिले सचिव नभएपछि सबै वडामा कार्यालय सहयोगीले सामान्य कामकाज गरिरहेको बताइएको छ । सचिव नहुँदा कार्यालय सञ्चालनमा समस्या भएको छ । यसबारे सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पटकपटक जानकारी गराए पनि सम्बोधन नभएको गाउँपालिकाका अध्यक्ष घर्तीले गुनासो गरे । १, २ र ३ नं वडाका सचिवले गाउँपालिकामा जानकारी नगराई पश्चिम रुकुममा गएको पनि उनले बताए । 

सचिवहरु यहाँ सञ्चार, सडकलगायतका सुविधा नहुँदा बस्न नमान्ने बताइएको छ । यो मगर समुदायको बाहुल्य भएको क्षेत्र भएकाले खानपान, रीतिरिवाज, बोलीचालीमा समेत फरक पर्दा कर्मचारी यहाँ लामो समयसम्म बस्न नमान्ने बताइएको छ । सचिव नहुँदा दैनिक कामकाजमा समस्या हुने गरेको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत तिलक रावतले बताए । 

कार्यालय सहयोगीदेखि प्रमुखसम्मको काम आफूले गर्ने गरेको उनको भनाइ छ । यहाँ लेखापाल र निमित्त प्रशासकीय अधिकृत गरी दुईजना मात्रै निजामती कर्मचारी भएको उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै