• २०८१ बैशाख १६ आइतबार

आजको सेयरबजार : चार समूहले कमाउँदा पाँच समूहले गुुमाए

kharibot

काठमाडौं । नेप्सेमा आज पनि गिरावट आएको छ । आज सोमबार नेप्से दुई दशमलव छ अंकले घटेर १३ सय ३७ दशमलव १३ विन्दुमा झर्दा सेन्सिटिभ शुन्य दशमलव १५ अंकले घटेर दुई सय ८२ दशमलव ११ विन्दुमा झरेको छ ।

कुल एक सय ६३ कम्पनीहरुको तीन हजार नौ सय ८८ वटा कारोबारमा आठ लाख सात हजार पाँच सय ३३ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३५ करोड ५४ लाख ५० हजार सात सय ९० रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज नौ वटा समूहको कारोबार भएकोे पाँच वटा समूहले गुमाएका छन् भने चार वटा समूहको कमाएकाछन । गुमाउने समूहमा परेको वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ४३ अंकले घटेर ११ सय ४२ दशमलव नौ विन्दुमा झर्दा सात करोड ७० लाख १९ हजार एक सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ  ।

विकास बैक समूहको सूचक छ दशमलव तीन अंकले घटेर १५ सय ३९ दशमलव ९५ विन्दुमा झर्दा दुई करोड दुई लाख ८३ हजार सात सय रुपैयँको सेयर खरिद बिक्री भएको छ । यसैगरी बीमा समूहको सूचक पनि ७६ दशमलव ४५ अंकले घटेर छ हजार नौ सय एक दशमलव २६ विन्दुमा झरेकोमा छ करोड ७८ लाख १८ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत र फाईनान्स समूहको सूचकमा पनि आज गिरावट आएको छ । कमाउने समूहमा परेको लघुबित्त समूहको सूचक भने आज ३५ दशमलव ८२ अंकले बढेर १७ सय ७७ दशमलव २६ विन्दुमा चढ्दा आठ करोड ५० लाख ६७ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । होटल, उत्पादनमुलक र अन्य समूहको सूचकमा पनि आज सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको परेको नयाँ नेपाल लघुबित्त विकास बैकको सेयर मूल्य नौ रुपैयाँ ७१ पैसाले बढेर २२ सय ४९ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा परेको  राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ७९ पैसाले घटेर १२ हजार पाँच सय ७१ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नागरिक लगानी कोषको प्रतिकित्ता २७ सय ७५ रुपैयाँ अन्तिम मूल्यमा दुई करोड ४१ लाख ९३ हजार ९६ रुपैयाँको सेयर कारोबार भएको छ  ।

यसैगरी राष्ट्रिय बीमा कम्पनीको पनि प्रतिकित्ता १२ हजार पाँच सय ७१  रुपैयाँ अन्तिम मूल्यमा एक करोड ८२ लाख ७२ हजार चार सय ४८ रुपैयाँको सेयर कारोबार भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै