• २०८१ बैशाख १४ शुक्रबार

बाह्र लाख भारुसहित एक पक्राउ

kharibot

पर्सा । ठूलो परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका एक व्यक्तिलाई आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले नियमित चेकाजाँचका क्रममा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा १२ लाखभन्दा बढी भारतीय रुपैयाँसहित पक्राउ परेका कलैया उपमहानगरपालिका–८ का नगनारायण महतो कोइरीलाई सार्वजनिक गरेको हो । 

सीमावर्ती भारतीय शहर रक्सौलबाट ना ४ प १७७३ नं को मोटरसाइकलमा वीरगन्जतर्फ आउँदै गरेका कोइरीलाई प्रहरीले रजतजयन्ती चोकमा चेकजाँच गर्दा १२ लाख सात हजार ५०० भारतीय रुपैयाँ बरामद गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । 

कोइरीले बोकेको झोलाबाट प्रहरीले दुई हजार दरको २३५ थान र ५०० दरको एक हजार ४७५ थान भारतीय रुपैयाँ बरामद गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै