• २०८१ बैशाख १४ शुक्रबार

राप्रपा प्रवास विभागको सुचना तथा प्रविधि प्रमुखमा राजेश रिजाल मनोनित 

kharibot

युवा ईन्जिनियर तथा आइटी विज्ञ राजेश रिजाल

काठमाडौँ । राप्रपा प्रवास विभागका प्रमुख विजय खडकाले विभागका सदस्य युवा ईन्जिनियर,आइटी विज्ञ राजेश रिजाललाई विभागको सुचना तथा प्रविधि प्रमुखमा मनोनयन गरेका छन् । 

पार्टीलाई नयाँ टेक्नोलोजीको विषयमा अपडेट गराउदै विभागलाई प्रविधिमा चुस्त वनाउन उनको जिम्मेवारी रहने प्रमुख खड्काले जानकारी दिएका छन् ।

उनले पार्टीको नयाँ वेभ साईट डिजाईन गर्नुको साथै प्रवासमा रहेका नेपाली माझ प्रविधिमार्फत सुलभ र सरल पहुँच पुर्याउने, पार्टीको गतिविधि, विभागको कार्यहरू संसारमा रहेका प्रवासी नेपाली माझ पुर्याउन भुमिका खेल्नुको साथै पार्टीलाई सुचना प्रविधिको विषयमा परामर्श दिने खड्काले जानकारी गराएका छन् ।

रिजालको नियुक्तिले राप्रपालाई सुचना प्रविधिमा युवा मैत्री वनाउने विश्वास पार्टीले लिएको राप्रपा प्रवास विभागका प्रमुख बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै