• २०८१ बैशाख १५ शनिबार

पोर्चुगलको विश्वकप टिमको घोषणा, को को परे ? 

kharibot

काठमाडौँ । रसिया विश्वकपका लागि २०१६ को युरो कप विजेता पोर्चुगलको २३ सदस्यीय टिमको घोषणा गरिएको छ ।

म्यानेजर फर्नानडो सान्तोसले घोषणा गरेको विश्वकप टिममा पोर्चुगलका चर्चित खेलाडी नानी, रुबेन नेभेज, रोनी लेपेज, रेनाटो सान्चेज बहने पार्न असफल भएका छन् ।

२०१६ को विश्वकपमा महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी सान्चेजको क्लब फुटबलमा लागातार असफल भएपछि विश्वकप टीममा ठाउ बनाउन असफल भएका छन् । त्यस्तै युरोकपको फाइनलमा फ्रान्सविरुद्ध गोल गरेका फरवार्ड इडरपनि विश्वकप टिममा अटाएका छैनन् । 

पोर्चुगलको विश्वकप टीम :

गोलकिपर : एन्थोनी लोपेज (लियोन), रुइ पाट्रीसियो (स्पोर्टिंग), बेटो (गोजटेपे)

डिफेन्डर : ब्रुनो आल्भेज (रेन्जर), केड्रिक सोअरेज (साउथहम्पटन), जोसे फोंटे (डालियन यीफांग), मारिओ रुइ (नापोली), पेपे (बेसिकटास), राफेल (डोर्टमण्ड), रिकार्डो पेरेइरा (मोनाको), रुबेन डीयास ( बेनिफिका)

मिडफिल्डर : एड्रीयन सिल्भा (लेस्टर सिटी), ब्रुनो फर्नानडेज (स्पोर्टिंग), जोआओ मारिओ ( वेस्टह्याम), जोआओ मोंटिनो (मोनाको), मान्युअल फर्नानडेज ( लोकोमोटीभ मस्को), विलियम कर्भाल्हो (स्पोर्टिंग)

फरवार्ड : आर्नेट सिल्भा (एसी मिलान), बेर्नान्डो सिल्भा (म्यानचेस्टर सिटी), क्रिस्टियानो रोनाल्डो (रियल म्याड्रिड), गेल्सन मार्टिन (स्पोर्टिंग), गोन्कालो गुइडिज (भ्यालेन्सिया), रिकार्डो क्वारिस्मा (बेसिकटास)

आगामी जुन १४ बाट सुरु हुने विश्वकप फुटबलमा पोर्चुगल समुह ‘बि’ मा रहेको छ । समुह ‘बि’ मा पोर्चुगल सहित स्पेन, मोरोक्को र इरान रहेका छन् । पोर्चुगलले विश्वकपमा आफ्नो पहिलो खेल जुन १५ मा स्पेनसँग खेल्दै छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै