• २०८१ बैशाख १४ शुक्रबार

मुल्य बृद्धि ५ दसमलव ३ प्रतिसतमा, तराई र पहाडको तुलनामा हिमालमा बढी महँगी 

kharibot

काठमाडौं । नेपाल राष्ट बैकका अनुसार चालु आर्थिक बर्षको पछिल्लो महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दसमलव तीन प्रतिशत पुगेको छ । 

मुद्रास्फीति भनेको बस्तु तथा सेवाको मुल्य बढ्नु र पैसाको मुल्य घट्नु हो । मुद्रास्फीति बढेकै कारण पछिल्लो समय बस्तु तथा सेवाको मुल्य अत्याधिक मात्रामा बढेको छ । 

राष्ट बैकका अनुसार यस्तो मुद्रास्फीति २०७३ चैत महिनाम तीन दसमलव आठ प्रतिशत रहेको थियो । खाद्य मुद्रास्फीतिमा आएको वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएका राष्ट बैकले जानकारी दिएको छ  । 

तथापि, २०७४÷७५ को नौ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने चार दसमलव एक प्रतिशत रहेको छ । खाद्य मुद्रास्फीति २०७४ चैत मसान्तमा खाद्य मुद्रास्फीति चार दसमलव सात प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति  शुन्य दसमलव सात प्रतिशत रहेको थियो । गत वर्षको तुलनामा मुलतः तरकारी, फलफूलजन्य वस्तुहरु र दुग्धजन्य पदार्थ तथा अण्डाको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको राष्ट बैकले जानकारी दिएको छ । 

चालु आर्थिक बर्षको पछिल्लो नौ महिनामा गैर–खाद्य मुद्रास्फीति पाँच दसमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति छ दसमलव तीन प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ता कपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, शिक्षा लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम हुन गएको राष्ट बैकले जानकारी दिएको छ  ।  

क्षेत्रगत उपभोक्ता मुद्रास्फीति क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा सात प्रतिशत, पहाडमा छ प्रतिशत, तराईमा पाँच दसमलव सात प्रतिशत र काठमाडौं उपत्यकामा चार दसमलव तीन प्रतिशत रहेको छ । 

राष्ट बैकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा दुई दसमलव आठ प्रतिशत, पहाडमा पाँच दसमलव छ प्रतिशत, तराईमा तीन दसमलव चार प्रतिशत र काठमाडौं उपत्यकामा दुई दसमलव सात प्रतिशत रहेको थियो । नेपाल र भारतबीचको उपभोक्ता मुद्रास्फीति अन्तर २०७४ चैत महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दसमलव तीन प्रतिशत र भारतको चार दसमलव छ प्रतिशत रहेको छ । फलतः यी दुई मुलुक बीचको उपभोक्ता मुद्रास्फीति अन्तर शुन्य दसमलव सात प्रतिशत रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति तीन दसमलव पाँच प्रतिशत र भारतको तीन प्रतिशत रहेको थियो ।

चालु आवको चैत मसान्तमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीतिदर  दुई दसमलव दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति एक दसमलव दुई प्रतिशत रहेको थियो । खासगरी, आयातित वस्तुहरु तथा देश भित्र उत्पादन भएको वस्तुहरुमा भएको मूल्य वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको राष्ट बैकले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै