• २०८१ बैशाख १६ आइतबार

फ्रान्सले छान्यो विश्वकपका लागि २३ सदस्यीय टिम, को को परे ?

kharibot

काठमाडौँ । रसिया विश्वकपका लागि फ्रान्सको राष्ट्रिय टिमको घोषणा गरिएको छ ।

 गएराती २३ सदस्यीय टिमको घोषणा गरिएको हो । म्यानेजर डिडीयर डेसच्याम्प्सले घोषणा गरेको टिममा प्रिमियर लिगमा म्यान्चेस्टरयुनाइटेडबाट खेल्ने एन्थोनी मार्सियल, आर्सनलबाट खेल्ने लेकजेन्ड्रे लाकजेटे, फ्रेन्च क्लब मार्सेलीबाट खेल्ने डिमीट्री पेयट जस्ता खेलाडीलाई समावेश गरिएको छैन ।

मार्सियल, लाकजेटे, किंग्सले कोम्यानलाई रिजर्भ खेलाडीको सुचिमा राखिएको छ । पायट बहने युरोपा लिगको फाइनलको क्रममा घाइते भएका कारण टीममा नपरेको बताइएको छ ।
फ्रान्सको विश्वकप खेल्ने टिम यस्तो छ :

गोल किपर : अल्पहोनसे अरेओला (पिएसजी), हुगो ललोरिस (टोटनह्याम), स्टिभ मण्डान्डा (मार्सेली)

डिफेन्डर : लुकास हर्नानडेज (एथलेटिको म्याड्रिड), प्रेस्नेल किम्पेमबे (पिएसजी), बेन्जामिन मेन्डी (म्यान्चेस्टर सिटी), बेन्जमिन पाभर्ड(स्टटगार्ट), अदील रामी (मार्सेली), डजिबरिल सीडीबे (मोनाको), साम्युअल उमटिटी (बार्सिलोना), राफल भेरान (रियल म्याड्रिड)

मिडफिल्डर : एन गोलो कन्टे (चेल्सी), ब्लैसे मटुइडी (युभेन्टस), स्टिभीन एन जोन्जी (सेभिला), पाउल पोग्वा (म्यानचेस्टर युनाइटेड), कोरेनटिन टोलीस्सो (बायर्न म्युनिख)

फरवार्ड : असुमान डेम्बेले (बार्सिलोना), नबिल फेकिर (लियोन), ओलिभर जिराउड (चेल्सी), एन्टोनी ग्रिजम्यान (एथलेटिको म्याड्रिड), थोमस लिमार (मोनाको), किलियन एम्बाप्पे (पिएसजी), फ्लोरान थउभिन (मार्सेली)

जुन १४ देखि सुरु हुने विश्वकप फुटबलमा फ्रान्स समुह सी मा रहेको छ । फ्रान्ससँग समुहमा अस्ट्रेलिया, पेरु र डेनमार्क रहेका छन् । फ्रान्सले आफ्नो पहिलो खेल जुन १६ मा अस्ट्रेलियासँग खेल्दै छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै