• २०८१ बैशाख १४ शुक्रबार

च्यातियो कोरिया पठाउने नक्कली जालो, दुई जना ठग पक्राउ 

kharibot

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले कोरियामा काम लगाइदिने भनी लाखाँै ठगी गर्न दुई जना ठगलाई पक्राउ गरेको छ ।

प्रहरीले झापाका एक पुरुष र ललितपुरकी एक महिला ठगलाई बिहीबार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा बाहुनडाँगी घर भई सिनामंगल बस्ने डम्बर बहादुर बस्नेत र ललितपुर इमाडेलकी रिता गुरुंग डाँगी रहेको प्रहरीले बताएको छ ।

उनीहरुले मोरङ विराटनगर महानगरपालिका -११ बस्नेलक्ष्मी राई र स्याङ्जा नपा -२ की राधा न्यौपानेलाई कोरियामा एग्रिकल्चर भिषामा काम लगाउने भनी विश्वास दिलाई ठगी गरेको पीडितले जनाएका छन् ।

उनीहरुबाट बस्नेत र डाँगीले आईएमईमार्फत ३४ लाख ५ हजार पठाउन लगाई लिई ठगी गरेका हुन् । उनीहरुविरुद्ध मुलुकी ऐन ठगी महलअनुसार पाँच वर्ष कैद र बिगो भराई बिगोबमोजिमकै जरिवाना हुने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै