• २०८१ बैशाख १५ शनिबार

सिरहाका ४४ बेपत्तासम्बन्धी निवेदनमा छानविन शुरु

kharibot

फाइल तस्विर।

लहान । सरकारद्वारा गठित बेपत्ता छानविन आयोगमा सिरहाबाट परेको ४४ वटा निवेदनमाथि आयोगले छानविन शुरु गरेको छ । 

बेपत्ता पारिएका व्यक्तिको छानविनका लागि गठित आयोगले आज जिल्लाका सरोकारवालाहरुसँग आयोजित अन्तरक्रियामा आयुक्त प्रा डा विष्णु पाठकले बेपत्ता भएका व्यक्तिहरुको पहिचानका लागि ४४ वटा निवेदन परेको र त्यसमाथि छानविन शुरु गरिएको जानकारी दिनुभयो  दिए । 

निवेदन परेकामध्ये १७ जनाको जाँच भइसकेको र बाँकीको अध्ययनका लागि आयोगले घर घर पुगेर प्रतिवेदन बनाउने कार्य जारी राखेको जानकारी दिँदै उनले पीडित परिवार र सरोकारवालासँग प्रत्यक्ष भेटेर सत्यतथ्य पत्ता लगाउने कार्य भइरहेको बताए । 

बेपत्ता पारिएकाका परिवारबाट परेको निवेदनका आधारमा हालसम्म २१ जिल्लाको छानविन सकिन लागेको र बाँकी जिल्लाको अगामी माघ महिनासम्म सकिने आयुक्त पाठकको भनाइ थियो । छानविनपछि कारवाहीका लागि सरकारलाई प्रतिवेदन बुझाइने उनले बताए  

अधिवक्ता जुद्धबहादुर आले, इन्सेकका देवराज पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य देवकुमार यादवलगायतले बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक गरी पीडित परिवारले न्याय पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय