नेपाली फिल्म ‘लुट’ का निर्माता माधवराज वाग्ले नक्कली नोटसहित पक्राउ, यसरी खुल्यो रहस्य 

खरीबोट

काठमाडौँ । चर्चित नेपाली फिल्म ‘लुट’ का निर्माता माधवराज वाग्ले २ करोड ५२ लाख नक्कली नोट छापेको आरोपमा पक्राउ परेका छन् । 

प्रहरीले चार ढुंङ्गेमा वाग्लेको कोठामा खानतलासी गरेर एक हजार दरका नक्कली नोट बरामद गरेको हो। वाग्लेले फिल्म प्रयोजनका लागि नोट छापेको बताएपनि नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई नोट छापेको पाईएकाले वाग्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नोटमा फिल्म प्रयोजनका लागि भनेर लेखिएको भए पनि नक्कली नोटमा नोट भरी ‘नक्कली’ भनेर लेख्नु पर्ने प्रहरीले जनाएको छ । यस्तै वाग्लेले नक्कली नोटको प्रयोजन सक्किएर पनि नष्ट नगरेको आरोप प्रहरीले लगाएको छ । 

जेठ १ गते मित्रनगर स्थित सुमधुर क्याफेमा खाजा खाई सुर्खेत घरभई कमलपोखरी बस्ने महेन्द्र वोगटीले वाग्लेले छापेको नक्कली नोट तिर्दा नक्कली नोट बजारमा आएको खुलासा भएको छ । खाजा घरका सञ्चालकको उजुरीका आधारमा प्रहरीले बोगटीबाट १ लाख २० हजार नक्कली नोट र बोगटीको सुचनाका आधारमा सिन्धुली घर भएका सुजित तामाङ्गबाट ७ लाख ४३ हजार नक्कली नोट बरामद गरेको थियो। 

अनुसन्धान गर्दै जादाँ प्रहरीले वाग्लेको कोठामा ठुलो परिणाममा नोट बरामद गरेको हो । यता वाग्लेले भने फिल्म प्रयोजन लेखेरै नोट छापिएकाले गलत नियत नभएको बताएका छन् । प्रोडक्सन टिमको साथिको गल्तीले नोट बजारमा गएको उनले प्रहरीलाई बयान दिएका छन् ।
 

सम्बन्धित समाचार

नेपाली फिल्म ‘लुट’ का निर्माता माधवराज वाग्ले नक्कली नोटसहित पक्राउ, यसरी खुल्यो रहस्य 

काठमाडौँ । चर्चित नेपाली फिल्म ‘लुट’ का निर्माता माधवराज वाग्ले २ करोड ५२ लाख नक्कली नोट छापेको आरोपमा पक्राउ परेका छन् ।  प्रहरीले चार ढुंङ्गेमा वाग्लेको कोठामा खानतलासी गरेर एक हजार

दुई करोड ६० लाख नक्कली नोटसहित छ जना पक्राउ

काठमाडौँ । प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई

गुल्मीमा भेटियो ५ सयको नक्कली नोट

गुल्मी । गुल्मीमा रु ५०० को नक्कली नोट भित्रिएको छ ।  सोमबार सदरमुकाम तम्घासस्थित ग्लोबल आइएमइ बैंकले नोटको सर्टिङ गर्ने क्रममा उक्त नक्कली नोट फेला पारेको हो । स्थानीय भगवान सप्लायर्सका युवराज पाण्डेले

जिल्ला प्रशासनमै रु पाँच सयको नक्कली नोट

नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा हिजो रु पाँच सयको नक्कली नोट फेला परेको छ ।  प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान