• २०८१ बैशाख १४ शुक्रबार

आलिया अभिनित ‘राजी’ को बक्स अफिसमा चल्यो जादु 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको तीन दिनमा ३१ करोडको व्यापार गरेको छ । 

फिल्मले पहिलो दिन केबल साढे ७ करोड व्यापार गरेकोमा दोस्रो र तेस्रो दिन एघार करोडको आँकडा पार गर्दै तीन दिनमा ३१ करोड ब्यापार गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले बताएका छन् ।

फिल्म विश्लेषकले फिल्मको रिभ्यु अत्यन्त राम्रो दिएका थिए भने दर्शकले पनि फिल्मलाई अत्यन्त मन पराएका छन् । देशप्रेमको जुनुन देखाइएको यस फिल्ममा आलिया भट्टले भारतीय जासुसको भुमिकामा देखिएकी छन् । भारतीय जासुस बनेर पाकिस्तानी सेनाका अधिकारीसँग विवाह गरेर पाकिस्तान गएको आलियाको भुमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् ।

केबल २५ करोडको बजेटमा निर्माण भएको यस फिल्मले आफ्नो लगानी तीन दिनमा नै उठाई सकेको छ भने अबको कलेक्सन नाफा हुने भएको छ । 

मेघना गुल्जारले नीर्देष्ण गरेको यस फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, आलियाकी आम सोनी राजदान, रजत कपुर लगायतका कलाकारले अभिनय गरेका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै