• २०८१ बैशाख १४ शुक्रबार

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला

kharibot

खोटाङ ।  सुनकोशीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एकको शव शनिबार फेला परेको छ । बाख्रा चराउन गएका बेला पौडी खेल्ने क्रममा वैशाख २२ गते सुनकोशीमा बेपत्ता भएकामध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङघाटका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको हो । 

नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव चार किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । बेपत्तामध्ये ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी अझै नभेटिएको प्रहरीले जनाएको छ ।

विद्यालय छुट्टीको दिन सुनकोशी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रत्यक्षदर्शीले बताएका छन् । बेपत्ता बालबालिकाको खोजी कार्य जारी रहेको जनाइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै