स्वास्थ्य बीमा कार्यक्रम आगामी असोजदेखि थप सात जिल्लामा लागू हुने

खरीबोट
ad

काठमाडौँ । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ ।
चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ ।

झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको छ । बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भइराखेको जानकारी दिए ।

आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सो कार्यक्रम महत्वपूर्ण मानिन्छ । यसै कुरालाई ध्यान दिई स्वास्थ्य मन्त्रालयले विसं २०७२ चैतदेखि कैलाली जिल्लाबाट सो कार्यक्रम प्रारम्भ गरेको थियो । निर्देशक डा लोहनीका अनुसार बीमा कार्यक्रममाा आबद्ध प्रतिपरिवार (पाँचजनासम्म)ले वार्षिकरुपमा रु दुई हजार ५०० प्रिमियम तिर्दा रु ५० हजारसम्मको उपचार व्यहोर्ने व्यवस्था छ ।

पाँचजनाभन्दा बढीको परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप ४२५ तिनुपर्ने र थप रु १० हजारका दरले उपचार खर्च बढ्दै जाने छ । हाल सो कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ । रासस

सम्बन्धित समाचार

स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको गुनासो

सल्लेरी, सोलुखुम्बु । सोलुखुम्बुमा स्वास्थ्य बीमा गरे पनि सेवा नपाएको बिमितले गुनासो गरेका छन् । जिल्लामा स्वास्थ्य बीमा गराएबापत नियमअनुसार पाउनुपर्ने औषधि नपाएको उनीहरुको गुनासो छ । सेवा नपाउनेमा सर्वसाधारणदेखि

प्रदेश नं ७ मा ३१ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध

बैतडी । गरीब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन सरकारले शुरु गरेको स्वास्थ्य बीमा यहाँ प्रभावकारी बन्न थालेको छ । अहिलेसम्म बैतडीसहित प्रदेश नं ७ सुदूरपश्चिमका ३१ हजारभन्दा

नेपाल मेडिसिटीमा नगदरहीत स्वास्थ्य बीमाको शुभारम्भ

काठमाडौँ । स्वास्थ्य अब नेपालीहरुको पहुंचमा भन्ने नारासहित नेपालमा पहिलो पल्ट अस्पताल र बीमाकम्पनीबीच बृहद् सहकार्य भएको छ ।  नेपाल मेडिसिटी अस्पताल र प्रिमियर इन्स्योरेन्सले नेपालीहरुलाई सूलभ स्वास्थ्य सेवाप्रदानगर्ने उद्धेश्यसहित नगद