• २०८१ बैशाख १५ शनिबार

राष्ट्रपति भण्डारी र मोदीबीच भेटवार्ता 

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

राष्टपति निवास शितल निवास महाराजगंजमा राष्ट्रपति भण्डारी र मोदीबीच भेटवार्ता भएको हो । भेटमा दुइ देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने विषयमा कुराकानी भएको थियो । 

मोदीले आजै उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि भेटेका थिए । 

नेपालको दुई दिने भ्रमणमा आजै जनकपुर हुदै काठमाडौँ आएका मोदीले आजै द्वारिका होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक्लै भेटवार्ता गर्ने भएका छन् । 

यसअघि मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो भने काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा १९ तोपको सलामीसहित गार्ड अफ अनर प्रदान गरिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय