• २०८१ बैशाख १४ शुक्रबार

यसरी दिइयो मोदीलाई गार्ड अफ अनर (फोटो फिचर)

kharibot

काठमाडौँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको छ । 

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सम्मान गारदका साथ १९ तोपको सलामीसमेत दिइएको थियो । विशिष्ट अतिथिको सम्मानमा गार्ड अफ अनर दिने प्रचलन छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदी सैनिक मञ्च पुग्दा स्वागत गरेका थिए । सैनिक मञ्चमा गर्द अफ अनरबाट सम्मानित हुने विशिष्ट पाहुनामा भारतका प्रधानमन्त्री मोदी दोस्रो विदेशी प्रधानमन्त्री हुन् । 

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहीद अब्बासी खकानको सम्मानमा पनि नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिएको थियो । समारोहमा मन्त्रिपरिषद्का सदस्यका साथै प्रधानसेनापतिको पनि उपस्थिति थियो । 


 

तस्बीर : खरिबोट/रासस 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै