• २०८१ बैशाख १४ शुक्रबार

हिमेश रेशमियाले गरे प्रेमिका सोनिया कपुरसँग विवाह 

kharibot

मुम्बई । संगीतकार एवं गायक हिमेश रेशमियाले आफ्नी लामो समयदेखिकी प्रेमिका सोनिया कपुरसँग विवाह गरेको रिपोर्ट सार्वजनिक भएको छ  ।

मिडिया रिपोर्टका अनुसार रेशमियाले सोनियासँग विवाह गरेको र छिट्टै रिसेप्सन पार्टी हुने उलेख गरेका छन्  । रेशमियाको यो दोस्रो विवाह हो  । 

टिभी अभिनेत्री सोनियासँग लामो समय देखि प्रेममा रहेका रेशमियाले २२ बर्षको आफ्नो वैवाहिक सम्बन्धलाई गत बर्ष अन्त्य गर्दै पहिलो पत्नी कोमलसँग डिभोर्स गरेका थिए  । पहिलो पत्नी कोमलसँग रेशमियाका एक छोरा पनि छन्  ।

गतबर्ष डिभोर्स बारे जानकारी दिदै रेशमी ले आपसी सहमतिबाट डिभोर्स गरेको र एक अर्कालाई सधै सम्मान गर्ने बताएका थिए  । 

हिमेश र पहिली पत्नी कोमलसँग डिभोर्स हुनुमा पनि प्रेमिका सोनियाको हात रहेकोबलिवुडमा चर्चा हुने गर्दछ  ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै