काठमाडौँ । आइपिएलका क्वालिफायरदेखिका खेलको समय परिवर्तन गरिएको छ ।
हाल जारी आइपिएलका खेल राति १२ बजेसम्म हुने हुँदा स्टेडियममा अबेर राति सम्म दर्शक नबसेपछि आइपिएल गभर्निंङ काउन्सिलले समयमा फेरबदल गर्दै ८ बजेको सट्टा ७ बजेबाट खेल सुरु हुने भएको छ ।
परिवर्तित समय भने पहिलो क्वालिफायर, इलिमिनेटर, दोस्रो क्वालिफायर र फाइनल खेलका लागि लागु हुने आइपिएल गभर्निङ काउन्सिलका प्रमुख राजीव शुक्लाले जानकारी दिएका छन् ।
शुक्लाले दर्शकले नै आइपिएललाई यँहासंम्म पुर्याएकाले उनीहरुको समस्यालाई सम्बोधन गर्दै आइपिएलका क्वालिफायर खेल र फाइनल खेल एक घण्टा अगाडी नै सुरु गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
आइपिएलको पहिलो क्वालिफायर खेल मे २२ मा मुम्बईमा हुने छ भने इलिमिनेटर खेल मे २३ मा र दोस्रो क्वालिफायर खेल मे २५ मा कोलकोताको इडेनगार्डेन मैदानमा हुने छ ।
त्यस्तै प्रतियोगिताको फाइनल खेल मे २७ मा मुम्बईमा हुने छ ।