• २०८१ बैशाख १४ शुक्रबार

डोल्पामा ढुङ्गा लागेर दुईको मृत्यु

kharibot

डोल्पा । डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर आज दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् । 

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो । 

मृत्युहुनेमा रुकुम आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र सोही नगरपालिका वडा नं १२ का अमृत रानामगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । 

घटनामा सोही नगरपालिका वडा नं ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । गम्भीर घाइते शाहीको उपचारका लागि रुकुमतर्फ लगिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै