• २०८१ बैशाख १५ शनिबार

विपीको सिद्धान्त र विचारका जगमा परिवर्तन – वरिष्ठ नेता पौडेल

kharibot

पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विपीको सिद्धान्त र विचारका जगमा नेपालको परिवर्तन वर्तमान अवस्थामा आइपुगेको बताएका छन् । 

विपी कोइराला अध्ययन प्रतिष्ठान प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित ‘आजको सन्र्दभमा विपीको विचार’ विषयक अन्तरसंवाद कार्यक्रममा उहाँले विपीले तत्कालीन अवस्थामा चाहेको शासन व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र नै भएको बताए । 

वरिष्ठ नेता पौडेलले नेपाली काँग्रेसले विपीको बाटो नछाडेको उल्लेख गर्दै त्यही बाटोबाटै सिंहदरबारको अधिकार गाउँँमा पुगेको धारणा व्यक्त गरे ।

‘नेपालमा ७० वर्षसम्म लाग्न नसकेको राजनीतिक टुङ्गो संविधानसभाका माध्यमबाट लागेको छ,’ उनले भने, ‘जनताको पक्षमा संविधान निर्माण भएको छ, विपीको समाजवाद निमुखालाई न्याय, विमुखालाई आय थियो, राजनीतिक पार्टीको र सरकारको एजेण्डा पनि अब त्यही नै हुने छ ।’

नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विपीको सिद्धान्त एवं आदर्श वर्तमानमा पनि उत्तिकै सान्दर्भिक एवं आवश्यक भएको बताए । 

कार्यक्रममा नेपाल महिला संघ कास्कीका अध्यक्ष कोपिला रानाभाट, नेपाली काँग्रेसका क्षेत्रीय सभापति पोषनाथ शर्मा, कार्यक्रम संयोजक लक्ष्मी पाण्डे लगायतले विपीका विचारलाई जनतामाझ लैजान सके मात्र पनि नेपाली काँग्रेसका पक्षमा जनलहर बढ्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय