• २०८१ बैशाख १४ शुक्रबार

बाघको छालासहित पक्राउ

kharibot

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोको संयुक्त टोलीले पाटेबाघको छालासहित एक जनालाई गए राति पक्राउ गरेको छ । 

जिल्लाको वाग्मती गाउँपालिका–४ लामकानाबाट पाटेबाघको छाला र हाडसहित सोही गाउँपालिका–३ का चेतबहादुर वाइवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्य दुई अभियुक्त भने भाग्न सफल भएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै