काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाघको छाला र हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।
आइतबार मकवानपुरको बागमती गाउँपालिकाबाट उक्त सामग्रीसहित चेत बहादुर वाइवालाई प्रहरीले पक्राउ गरेको हो ।
वाइबाको साथबाट नौ किलो हड्डी र एक थान बाघको छाला समेत बरामद गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय फापरबारीमार्फत जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
उनीमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६९१० अनुसार पाँच लाख रुपैँयादेखि दश लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै हुनसक्ने कानुनी व्यवस्था छ ।