• २०८१ बैशाख १४ शुक्रबार

देउवाद्वारा तीन पदाधिकारी नियुक्त, पौडेल पक्षको विरोध  

kharibot

काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफु निकटस्थ तीन नेतालाई पदाधिकारीमा नियुक्त गरेका छन् 

आज बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले पार्टीको उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा आफु निकटस्थ नेताहरु बिमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा.प्रकाशशरण महतलाई मनोनयन गरेका हुन् ।

सभापतिले विधान विपरित पदाधिकारी नियुक्ति गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने बैठक बहिष्कार गरेको थियो ।

पदाधिकारीमा मनोनयन भएका तिनै जना नेता संघीय प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका नेता हुन् ।  

यसअघि गत सोमबारका लागि बोलाइएको बैठक पनि पौडेल र सिटौला समुहले बहिष्कार गर्ने चेतावनी दिएपछि शुक्रबारको लागि बोलाइएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै