• २०८१ बैशाख १४ शुक्रबार

अंग्रजी भाषामा पठनपाठन शुरुभएपछि विद्यार्थीको आकर्षण बढ्दो

kharibot

धनकुटा  ।  जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ । 

धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी भाषाबाट पठनपाठन शुरु गर्न थालेका छन् । 

विद्यार्थी संख्या अति न्यून हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालयले अंग्रजी भाषामा पठनपाठन शुरु गर्न थालेका हुन् । 

जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रायःजसो सबै सामुदायिक विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्म यस शैक्षिक सत्रदेखि निजी विद्यालयले पढाउने अंग्रेजी भाषाका पाठ्यपुस्तक ल्याएर पठनपाठन थालेका जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ । 

विद्यालयमा अंग्रेजी माध्यम शुरु भएसँगै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुनथालेको मार्गेश्वरी प्राथमिक विद्यालय धनकुटाका शिक्षक टेकबहादुर खत्रीले बताए । 

जिल्लाका विभिन्न प्राथमिक विद्यालयमा बालविकास कार्यक्रम एवं शिशु कक्षा सञ्चालन भएका विद्यालयमा नर्सरी, एलकेजी, यु केजी नामाकरण गरी अंग्रेजी माध्यममा पढाई थालिएको छ । विद्यार्थी अभावमा समायोजन हुन लागेका विद्यालय समेत अंग्रजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थीको अध्याधिकचाप बढेको ज्वालादेवी प्राथमिक विद्यालय सेउलेका प्रधनाध्यापक रामहरि सुवेदीले बताए । 

सस्तो र घरपाएक गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएसंगै अभिभावको सक्रियता र बालबालिका आर्कषण यसप्रति ह्वातै बढेको धनकुटा नगरपालिका भिरगाउँस्थित श्रीमान टंक माध्यामिक विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले बताए । 

जिल्लामा रहेका हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने छुट्टै दुई जनाशिक्षक व्यवस्था गरेका धनकुटा नगरपालिका– ३ का वडाअध्यक्ष विकाश घिमिरेले जानकारी दिए । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अभिभावकले नर्सरीदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकालाई छुट्टै विद्यालय पोसाक र शैक्षिक सामग्री समेत उपलब्ध गराउन थालेका छन् । 

जिल्ला शिक्षा कार्यालयको सर्वेक्षणमा जिल्लाका चार सय १२ सामुदायिक विद्यालयमध्ये १६ वटा समयोजन भएपनि थप चार दर्जन विद्यालय बन्द हुने जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताए । 

शिक्षा नियमावलीमा पहाडी क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षक तोकिएको भएपनि अतिन्यून विद्यार्थीका कारण सो नियमावली कार्यान्वयन हुन सकेको छैन । शिक्षा विभागले २० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गर्न निर्देशन दिएपनि सो पनि कार्यान्वयन नभएको जिल्ला शिक्षा अधिकारी थापाले बताए । 

कुल दुई सय ९६ सामुदायिक र ३० संस्थागत विद्यालय रहेको जिल्लामा शिक्षा क्षेत्रमा हुने अत्यधिक राजनीति, शिक्षकको लापरवाही र अंग्रेजी भाषातर्फ सर्वसाधरणको आकर्षणलगायतका कारणले सामुदायिक विद्यालयप्रतिको आकर्षण कम हुँदै गएको र अहिले त्यसमा व्यापक सुधार भइरहेको राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै