समताको ७५औ स्कुल भोजपुरमा खुल्ने

खरीबोट
ad

भोजपुर ।  कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । 

समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । 

विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुगेका हुन् । 

यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । यहाँ स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ । 

सम्बन्धित समाचार

बाजुराको बडीमालिकामा संचालित समता स्कुल खारेज हुने

बाजुुरा  ।  बडीमालिका नगरपालिका–८ मा संचालन हुँदै आएको समता स्कुल खारेज हुने भएको छ ।  तत्कालीन जिल्ला शिक्षा कार्यालय र बडीमालिका नगरपालिकाको कुनै समन्वय र अनुमति नलिएर सञ्चालन गरेको पाइएपछि खारेज गर्न

Loading...

Loading...