काठमाडौं । क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा नयाँ रेकर्ड बनाएका छन् ।
गएराती सेमिफाइनलको पहिलो लिगमा बायर्न म्युनिखविरुद्धको पहिलो खेलमा जित हासिल गर्दै रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् । रोनाल्डोले गोल नगरेपनि उनि च्याम्पियन्स लिगको इतिहासमा सबै भन्दा बढी च्याम्पियन्स लिगको खेल जित्ने खेलाडी बनेका छन् ।
रोनाल्डोले अहिलेसम्म कुल ९६ गोल जितेका छन् । रोनाल्डोपछि यो रेकर्ड रियल म्याड्रिडकै पुर्व गोलकिपर इकर कालिसासको नाममा रहेको छ । उनले च्याम्पियान्स लिगका ९५ खेल जितेका छन् । कलिसास पछि बार्सिलोनाका लिजेण्ड खेलाडी जाभीले च्याम्पियन्स लिगका ९१ खेल जितेका छन् । त्यसैगरी बार्सिलोनाका आन्द्रे इनेस्टा र रियल म्याड्रिडका पुर्वखेलाडी राउलले ७९-७९ च्याम्पियन्स लिगका खेल जितेका छन् ।
यसअघि रोनाल्डोले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा युभेन्टसविरुद्ध १० गोल गर्दै च्याम्पियन्स लिगमा एकै टिमविरुद्ध धेरै गोल गर्ने मेसीको ९ गोलको रेकर्ड तोडेका थिए ।
रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा ११ खेलमा १५ गोल गरेका छन् । च्याम्पियन्स लिगको एकै सिजनमा १५ गोल गर्ने रोनाल्डो एक मात्र खेलाडी हुन् । रोनाल्डोले च्याम्पियन्स लिगका तीन सिजनमा १५ गोल गरेका छन् ।
उनले २०१३-१४ सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ मा १६ गोल गरेका थिए । त्यस्तै यस सिजनमा १५ गोल गरिसकेका छन् ।
साथै रोनाल्डोले च्याम्पियन्स लिगमा लगातार ११ खेलमा गोल गर्ने रेकर्ड पनि बनाएका छन् । उनले गत बर्षको च्याम्पियन्स लिगको फाइनलमा गोल गरेका थिए भने यस सिजनका सबै खेलमा गोल गरेका छन् । लगातर ११ खेलमा गोल गरेका रोनाल्डोले गएरातीको खेलमा भने गोल गर्न सकेनन् र उनको लगातार गोल गर्ने सिलसिला तोडिएको छ ।
त्यस्तै रोनाल्डोले च्याम्पियन्स लिगमा आफ्नो १५१ खेल पनि बायर्न म्युनिखविरुद्धको खेल खेलेर पुरा गरेका छन् । च्याम्पियन्स लिगमा रोनाल्डोले रायन गिग्सको १५१ खेलसँग बराबरी गरेका छन् भने अब च्याम्पियन्स लिगमा रोनाल्डो भन्दा अगाडी जाभीले १५७ र इकर कासिलासले १७० खेल खेलेका छन् ।