• २०८१ बैशाख १४ शुक्रबार

घरेलु मैदानमा रियल म्याड्रिडसँग हार्यो बायर्न म्युनिख 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

गएराती बायर्नको घरेलु मैदानमा भएको खेलमा रियलले बायर्नलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा मार्सेलो र मार्को असेन्सोले गोल गरेका थिए भने बायर्नका लागि एक गोल जशुवा किम्मिचले गरेका थिए ।

खेलको २८औ मिनेटमा बायर्न म्युनिखले किम्मिचको गोलमा सुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा पहिलो लिगमा हार बेहोर्नु परेको छ । रियल म्याड्रिडले खेलको ४४औ मिनेटमा मार्सेलोको गोलबाट खेल बराबरी गरेको थियो । मार्सेलोले डी बक्स बाहिरबाट गोल हानेको बल गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा इस्कोको ठाउमा मैदानमा प्रवेश गरेका असेन्सियोले खेलको ५७औ मिनेटमा गोल गर्दै रियललाई २-१ को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा कुनै गोल भएन र रियल म्याड्रिडले सेमिफाइनलको पहिलो लिग २-१ ले जित्यो । दुवै टिमबीच सेमिफाइनलको दोस्रो लिग अर्को साता रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै