• २०८१ बैशाख १४ शुक्रबार

रोमाविरुद्ध लिभरपुलले हान्यो ५ गोल, सलाह र फिर्मिनोले गरे २-२ गोल

kharibot

काठमाण्डौँ । च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लिगमा लिभरपुलले एएस रोमालाई पराजित गरेको छ ।

गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले रोमालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र रोबर्ट फिर्मिनोले २-२ गोल गरेका थिए भने सडियो मानेले एक गोल गरेका थिए । रोमाका लागि एडिन डिजेको र डिएगो पेरोट्टीले एक एक गोल गरेका थिए ।

खेलको ३५औ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुर्वाती अग्रता दिलाएका थिए भने उनले ४५औ मिनेटमा दोस्रो गोल अग्र्दै अग्रता दोब्बर पारेका थिए ।

खेलको ५६औ मिनेटमा मानेले गोल गर्दै ३-० को अग्रता बनाएका थिए । घरेलुमैदानमा उत्कृष्ट फर्ममा देखिएको लिभरपुलका लागि फिर्मिनोले खेलको ६१औ र ६८औ मिनेटमा गोल गर्दै ५-० को अग्रता हासिल गरेको थियो ।

रोमाले खेलमा फर्किने प्रयास गर्दै दुई गोल फर्काएको थियो । खेलको ८१औ मिनेटमा डिजेकोले गोल गरे भने खेलको ८५औ मिनेटमा पेनाल्टीबाट गोल गरेपनि रोमा ५-२ गोल अन्तरले पराजित भयो ।

पहिलो लिगमा अब ५-२ ले पछि परेको रोमा दोस्रो लिग अर्को साता आफ्नो घरेलु मैदानमा खेल्ने छ । यस अघि क्वाटरफाइनलमा बार्सिलोनासँग ४-१ ले पछि परेको अवस्थालाई उल्टाएको रोमाका लागि सेमिफाइनलमा पनि सोहि अवस्था बनेको छ ।

यस खेलमा २ गोल गर्दै मोहमद सलाहले यस सिजनको च्याम्पियन्स लिगमा १० गोल गरेका छन् । यस खेलम लिभरपुलले अनेकौ रेकर्ड पनि बनाएको छ ।

लिभरपुल च्याम्पियन्स लिगको इतिहासमा सेमिफाइनलमा ५ गोल गर्ने दोस्रो टिम हो । यस अघि १९९५ मा अजाक्सले बायर्न म्युनिखविरुद्ध ५-२ गोल गरेको थियो । त्यस्तै लिभरपुलबाट च्याम्पियन्स लिगको इतिहासमा पहिलो पटक एकै सिजनमा तीन खेलाडीले ८ गोल भन्दा बढी गोल गरेका छन् । सलाह र फिर्मिनोले १०-१० गोल र मानेले ८ गोल गरेका छन् ।

त्यसै गरि मोहमद सलाहले यस सिजनमा लिभरपुलका लागि ४३ गोल गर्दै युरोपमा सबै प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी बनेका छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै