लक्ष्मी बैंकको तेस्रो त्रैमासिक नाफा ८० करोड २६ लाख

खरीबोट

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६४ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६३ अर्ब २६ करोड ८३ लाख ८५ हजार रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ६९ करोड २९ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा एक अर्ब ८० करोड ५१ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ५४ करोड ९५ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रोभिजन रकम २३ करोड ४८ लाख ७२ हजार रुपैयाँ रहेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दसमलव १६ प्रतिसत रहेको छ । 

गत आवको सोही अवधिमा भने बैंकले ५८ अर्ब २३ करोड पाँच लाख ४९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब चार करोड ७० लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 
 

सम्बन्धित समाचार

लक्ष्मी बैंकको १०२औँ एटीएम पश्चिम पृतना हेडक्वाटर विजयपुर ब्यारेकमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो एटीएम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वार्टर विजयपुर ब्यारेकमा आजदेखि  एटीएम सेवा संचालनमा ल्याएकोे छ ।  यस  एटीएमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई,

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउँपालिकामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालिकामा नयाँशाखाहरु संचालनमा ल्याएकोे छ ।  थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला,

लक्ष्मी बैंकको तेस्रो त्रैमासिक नाफा ८० करोड २६ लाख

काठमाडौं । लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा

लक्ष्मी बैंकले ल्यायो भीबीभी कार्ड 

काठमाडौं । लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुविधा प्रदान गर्ने उद्देश्यले भिसाद्वारा प्रमाणित थ्रिडी सेक्युर सर्भिसयुक्त भिसा तथा डेबिट कार्ड प्रयोगमा ल्याएको छ । कम्पनीले यो कार्ड सिष्टम