• २०८१ बैशाख १६ आइतबार

जनप्रतिनिधि फलोअप : काठमाण्डौँ महानगर वडा नम्बर ६, मुख्य समस्या ढल  

kharibot

काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिकाका ३२ वडा मध्ये ठूलो वडाको रुपमा वडा नम्बर ६ रहेको छ । 

८० हजारभन्दा बढी जनसंख्या रहेको यस वडामा प्रमुख रुपमा काठमाडौँको बौद्ध क्षेत्र पर्ने गर्दछ । वडा अध्यक्ष दिपेन्द्र लामाले आफ्नो वडामा विकासले गति लिएको बताउछन् । 

खरीबोटसँग कुरा गर्दै लामाले ढल वडा नम्बर ६ को प्रमुख समस्या रहेको बताए । उनले ढलसँगै खानेपानी, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा समस्या रहेको भन्दै उनले यस वडाको लागी महानगरले वार्षिक २ करोड २५ लाख बजेट उपलब्ध गरीएको जानकारी दिए । महानगरले २ करोड २५ लाख बजेट दिएपनि आफुहरुले त्यो भन्दा बढी काम गरेको उनको दाबि छ । 

लगभग ११ महिनाको अबधिमा समस्या पहिचान गर्दा ढल नै प्रमुख समस्या रहेको बताउदै अहिलेसम्म २५- ३० ठाउँमा ढलको क्षमता वृद्धि गरेको र खानेपानीको लागी खानेपानीको पाइपसम्म बिच्छाउने कार्य गरेको उनले जानकारी दिए । त्यस्तै सडक ढलान, कालोपत्रे, ब्लक छाप्ने लगाएका काम पनि यस वडामा धेरै भएको उनले बताए । 

आर्थिक वर्ष नसकिदै वडालाई दिइएको २ करोड २५ लाख रुपैयाँ सकिएको भन्दै उनले आफुले यस वडामा बिकास निर्माणको लागि  १९ करोडभन्दा  बढीको विकास निर्माणको लागि काम गरिसकेको बताए । 

अध्यक्ष लामाले अहिले पनि कतिपय ठाउँमा टेण्डर आव्हान गरेको उनले बताउदै सरस्वतीनगरको अलौकिक मार्गमा ढलकै लागी ९५ लाखको टेन्डर भएको र यस आर्थिक बर्ष अगाडी नै सो काम सकिने बताए । 

साथै सम्पदा क्षेत्र, बौद्ध स्तुपामा समेत  ढलको समस्या भएको कारणले आफुहरु ढल निर्माणमा जुटी रहेको उनले बताए । त्यस्तै, बौद्धको ढल निकासको लागी बौद्धनाथ क्षेत्र विकास समितीले डिपिआर गरिसकेको र केहि अप्ढ्उयारो भएको कारणले बौद्ध स्तुपा भित्रको ढल निकास तत्काल गर्न नसकेको उनले बताए । 

त्यस्तै बौद्धको पानी बग्ने ठाउँ गुहेश्वरी फाटमा लानुपर्ने भएकाले ठूलो भेलको कारणले बिगतमा बिच्छाइएको ह्युमपाइपले थेग्नै नसक्ने देखिएको भन्दै उनले त्यसको क्षमता बद्धि गर्नुपर्ने देखिएको बताए । यसका लागि केयुकेएलसँग सहकार्य गरेर काम गर्न लागेको उनले जानकारी दिए 

यस वडा मा महिला सशक्तिकरणको लागि चेतना मुलक कार्यहरु पनि सुरु गरेको बताएका छन् । बिशेष गरी महिलालाई चेतना मुलक कार्य, शिक्षा तथा सिप मुलक आयआर्जन गराउने क्षेत्रमा काम सुरु गरेको उनले बताए । यसका लागि विभिन्न किसिमका तालिम जस्तै घरेलु अचार बनाउने ढाका बुन्ने लगायतका घरेलु काम गर्न सकिने आयआर्जनका बारेमा तालिम दिने कार्य सुरु भएको बताए ।  त्यसैगरी ड्राइभिङ सिकेर आत्मनिर्भर र ब्यवसायिक बन्न चाहाने २० महिलाहरुलालाई ड्राइभिङ्को समेत तालिम दिन  लागेको उनको भनाई छ  ।

अध्यक्ष लामाले सडक बत्तिको लागि स्मार्ट बत्ति राख्ने तयारी बह्येको बताए । हाल एलइडी बत्ति प्रयोगमा ल्याएको भएपनि महानगरपालिकाकै पहलमा सम्र्ट बत्तिको पहल भैरहेको बताए । स्मार्ट बत्ति मानिसहरु उभिएको समयमा बोल्ने र मान्छे नभएको बेला ५ वाट मात्र बाल्ने गरी बनाउन लागिएको बताए ।  लागत कम हुने हुनाले यो प्रभावकारी हुने अनुमान लामाको छ । ६ नम्बर वडामा स्मार्ट बत्तिको मासिक २०देखि २५ हजार मात्र खर्च लाग्ने उनको अनुमान छ । हाल माहाङ्कालमा ट्रायलको रुपमा हेर्दे गरेको समेत उनले जानकारी दिए । 

यस वडामा ढल नै ठूलो समस्या भएको कारणले आफ्नो कार्यकाल भरीमा ढल ब्यवस्थित गर्नु नै पहिलो प्राथमिकतामा राखेको उनले बताए ।  यससँगै खानेपानी, घरसँग बाटो जोड्ने, सबैतिर पिच, खाल्टाखुल्टि रहित, स्वास्थ्य तथा शिक्षामा सबैको पहुँच पुग्ने गरी आफु सधै लागि परेको उनले बताए 

लामाले महिला हिंसा तथा बाल मजदुर रोक्नको पनि बिशेष योजना बनाएर आगाडी बढ्ने बताउदै यसका लागि शिक्षा र चेतनालाई पनि सँगसँगै अगाडी बढाउनु पर्ने बताए । 

 ११ महिनाको अन्तरालमा आफुले धेरै काम गरेको बताएका लामाले काठमाण्डौँको मुहारै परिवर्तन भएको ठाउँ भनेर आफ्नै वडाको पाटीटारलाई लिन्छन् । सडक पिच र ढल पाइपलाईन् समेत बिछ्याएको त्यो ठाउँ साँच्चै परिवर्तन भएको छ उनले भने ।  

वडा कार्यलयमा आउँदा नअल्मली आफ्ना योजनाहरु लियर   सहज ढंगले आउन उनले आग्रह गरेका छन्  । आफु राजनीतिक पार्टीको प्रतीनिधी नभएर जनताको प्रतिनिधी भएर काम गरिरहेको उनले बताए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै