• २०८१ बैशाख १४ शुक्रबार

जबर्जस्ती करणी अपराध नियन्त्रणको माग गर्दै बारामा र्‍याली

kharibot

बारा । बाराको सिमरामा प्रहरीले आइतबार जबर्जस्ती करणी अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक ¥याली निकालेको छ । 

प्रदेश नम्बर २ को आठवटै जिल्लामा बढ्दै गएको जबर्जस्ती करणी अपराधलाई न्यूनीकरण गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय सिमराको आयोजनामा सो ¥याली निकालिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुर र होटल व्यवसायी संघ बाराको सहकार्यमा निकालिएको सो ¥यालीमा प्रहरी प्रशासन, स्थानीय विद्यालयमा अध्ययनरत करिब पाँच सय जना छात्रछात्रा तथा शिक्षक, बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

विगत तीन वर्षमा प्रदेश नम्बर २ को आठवटा जिल्लाहरु सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा गरी तीन सय २८ वटा जबर्जस्ती करणी अपराधका घटनाहरु सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक राजकुमार बैदवारले बताए । 

कुन जिल्लामा कति भए जबर्जस्ती करणीका घटना ?
आठवटै जिल्लाहरुमध्ये पनि सिराहा जिल्लामा सबैभन्दा बढी जबर्जस्ती करणीका घटनाहरु सार्वजनिक भएका छन् । 

तीन वर्षको तथ्यांकअनुसार सिराहामा ६७ वटा, धनुषामा ४५ वटा, सप्तरीमा ३९ वटा, महोत्तरीमा २३ वटा, सर्लाहीमा ४० वटा, रौतहटमा ४० वटा, बारामा ३६ वटा र पर्सामा ३८ वटा गरी तीन सय २८ वटा जबर्जस्ती करणीका घटनाहरु भएको प्रहरी उपरिक्षक बैदवारले बताए ।

कति जना समातिए ?
प्रदेश नम्बर २ को जिल्लाहरुमा जबरजस्ती करणी अपराध गर्नेहरु मध्ये तीन सय ५३ जना दाषीहरुलाई प्रहरीले प्रक्राउ गरी कानुनी कारबाही गरेको छ । 
प्रदेश २ को सप्तरीबाट ६९ जना, सिराहाबाट ७४ जना, धनुषाबाट ५९ जना, महोत्तरीबाट २४ जना, सर्लाहीबाट २६ जना, रौतहटबाट ३५ जना, बाराबाट ३६ जना र पर्साबाट ३७ जनालाई प्रहरी पक्राउ गरी कानुनी कारबाही गरिसकेको प्रहरी उपरीक्षक बैदवारले बताए ।

कति जना फरार छन् ?
जबर्जस्ती करणी घटना पछि आठवटै जिल्लाहरुबाट एक सय ८० जना भने अहिले सम्मन् फरार अवस्थामै छन् । 

प्रहरी उपरिक्षक बैदवारका अनुसार सप्तरीबाट ४० जना, सिराहाबाट ३७ जना, धनुषाबाट २७ जना, महोत्तरीबाट १८ जना, सर्लाहीबाट १९ जना, रौतहटबाट १४ जना, बाराबाट ६ जना र पर्साबाट १९ जना गरी घटनामा संलग्नहरु एक सय ८० जना फरार रहेका छन् ।

किन हुन्छ जबर्जस्ती करणीको घटना ?
अहिलेको आधुनिक समय, गरिबी, अशिक्षा, उमेर, शौचालयलगायतको विभिन्न कारणले पनि जबर्जस्ती करणीको घटनाहरु हुने गरेको छ । 

फेसबुक, ट्विटर, वाट्स एप, इमो, इन्स्ट्राग्रामलगायतको सामाजिक सञ्जालको कुलतमा फसेकाहरुले यस्ता घटनाहरु बढी घटाउने गरेको देखिन्छ भने घरघरमा शौचालयको व्यवस्था नहुनेहरु बाहिर खुल्ला ठाउँमा शौच गर्न जाँदा उनीहरु बढी जबर्जस्ती करणीको शिकार हुने गरेको देखिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै