• २०८१ बैशाख १४ शुक्रबार

दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मरे

kharibot

रत्ननगर । चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ । 

चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए । बाघ गए राति अर्काे बाघसँगै जुधेर मरेको अनुमान छ ।

बिहान स्थानीयवासी सीता गुरौले घाँस काट्न जाने लागेका बेला बाघ मरेको देखेपछि निकुञ्जलाई खबर गरेका थिइन् । “साथीहरुसँगै घाँस काट्न जाँदै थियौँ, बाघ देख्यौ, अनि फर्किएर खबर गरेको,” घटनाबारे गुरौले भनिन् ।

हेर्दा बाघको घाँटीमा अर्को बाघले टोकेको देखिन्छ । जुधेर नै बाघ मरेको अनुमान गरिएको चितवनको रत्ननगरस्थित बाघ संरक्षण उपसमितिका संयोजक जीतु तामाङले बताए । 

यो सँगै पछिल्लो दुई महिनाको अन्तरालमा मात्रै चितवनमा चार वटा बाघ मरिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै