दिल्लीले दियो सन्दीपको डेभ्युको संकेत, अधिकारिक वेभपेजमा यसरी गरियो तारिफ 

खरीबोट

काठमाडौँ । यस सिजनको आइपिएलमा खराब सुरुवात गरेको दिल्ली डेयरडेभिल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई खेलाउने संकेत दिएको छ । 

दिल्लीको आधिकारिक वेभपेजमा सन्दीपको बारेमा लेख्दै कोटला मैदानमा सन्दीपको डेभ्यु हुनसक्ने उल्लेख गरेको छ ।

अहिलेसम्म खेलेका ४ खेलमा ३ मा हार र एक खेलमा मात्र जीत हासिल गरेको दिल्लीले आफ्नो घरेलु कोटला मैदान स्पिनरका लागि उपयुक्त हुने भन्दै दिल्लीले तीन स्पिनर खेलाउदा सन्दीपलाई खेलाउने सम्भावना देखिएको उल्लेख गरेको छ ।

अन्य टिमले यस सिजनको आइपिएलमा प्राय तीन स्पिनर खेलाउदै सफल भैरहेको अवस्थामा दिल्लीले पनि तीन स्पिनर खेलाएर अघि बढ्नु पर्ने भन्दै फ्यानहरुले दबाब दिन थालेका छन् । सो लेखमा पनि दिल्ली अब तीन स्पिनर खेलाएर जानु पर्ने उल्लेख गरिएको छ ।

सन्दीपको तारिफ गर्दै लेखिएको सो लेखमा सन्दीपले पाएको सफलता र माइकल क्लार्कले गरेको सहयोगको उल्लेख गरिएको छ ।

आफ्ना प्रमुख स्पिन बलर अमित मिश्र फर्ममा नभएपछि र फास्ट बलरले राम्रो बलिङ गर्न नसकेपछि दिल्लीले विजयी लय पाउन सकेको छैन । अहिलेसम्म आइपिएलको उपाधि जित्न नसकेको दिल्लीले यस सिजनमा नयाँ टिम बनाएकोले टिमको सहि कम्बिनेशन बनाउन संघर्ष गरिरहेको देखिएको छ । 

दिल्ली शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग चिन्नास्वामी स्टेडियम बैंगलोरमा खेल्दै छ भने यस सिजनको पहिलो घरेलु खेल आगामी सोमबार कोटला मैदानमा किंग्स इलेभेन पंजावसँग खेल्दै छ । 

के लेखियो दिल्ली डेयरडेभिल्सको साइटमा यँहा पढ्नुस 
 

सम्बन्धित समाचार

सिपिएलको दोस्रो खेलमा पनि सन्दीपको उत्कृष्ट प्रदर्शन, प्याट्रोयट्सको पहिलो जित  

काठमाडौँ।  क्याराबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा ट्रिनबागो नाइटराइडरविरुद्धको खेलमा ३ ओभर बलिङ गर्दै एक मेडन ओभर सहित १७ रन दिएर एक विकेट लिएका छन् ।    सन्दीपले आफ्नो पहिलो ओभर

सन्दीपको उत्कृष्ट बलिङका बाबजुद प्याट्रोयट्स पराजित 

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङका बाबजुद सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्स गुयाना वारियरसँग ६ विकेटले पराजित भएको छ।  प्याट्रोयट्सले दिएको १४७ रनको लक्ष्य पछ्याएको गुयानाले १६.३ ओभरमा ४

सिपिएलको डेभ्यु खेलमा सन्दीपले लिए २ विकेट  

काठमाडौँ।  नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्यारबियन प्रिमियर लिग (सिपिएल) मा आफ्नो पहिलो खेल खेलेका छन् ।  सन्दीपले सेन्ट किट्स एण्ड नेभिज प्याट्रोयट्सबाट खेल्दै गुयाना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ

आइपिएलमा सट्टेबाजी गर्ने नागराज जेल चलान 

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) मा सट्टेबाजी  खेलाउने भन्दै विभिन्न व्यक्तिलाई ठग्ने नागराज, अमृत भनिने नथमल अग्रवाल जेल चलान भएका छन् । महोत्तरी घर भएका राकेश सिंहलगायतका व्यक्तिसँग उनले आईपीएलमा