• २०८१ बैशाख १४ शुक्रबार

दुई जोडी गैंडा लिन चिनियाँ प्रतिनिधि चितवनमा

kharibot

रत्ननगर, चितवन ।  छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । 

केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए । 

चिनिया प्रतिनिधिसमेत चितवन आएकाले आज पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन भयो । 

चिनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ्ग चितवन आइपुगेको र केही दिनमा थप प्रतिनिधिहरु आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए । 

सरकारले विसं २०७१ सालमै चीनलाई २ जोडी गैंडा उपहार दिने निर्णय गरिसकेको छ । यहाँबाट कम उमेरका गैंडा पठाईने छ । पहिलो चरणमा २ वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ । बोमामा राखेर आगामी असार महिनाभित्रमा चीन पठाउने योजना छ । 

सौराहा नजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको बोमा बनाइएको छ । चितवनबाट पठाइने गैंडामध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्काे जोडीलाई सांघाई वाईल्ड एनिमल पार्कमा राखिने भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै