• २०८१ बैशाख १४ शुक्रबार

प्राज्ञ सुषमा तथा मिडियाकर्मी सुधिर राजभण्डारीलाई पितृशोक 

kharibot

काठमाडौँ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ तथा हस्तकला विभागकी प्रमुख सुषमा राजभण्डारी तथा मिडियाकर्मी सुधिर राजभण्डारीलाई पितृ शोक परेको छ । 

भण्डारीका पिता शुकदेव राजभण्डारीको ७९ वर्षको उमेरमा बुधबार विहान करिब ११ बजे काठमाडौंको ब्ल्युक्रस हस्पिटलमा उपचारको क्रममा निधन भएको छ । उनी लामो समयदेखि उच्च रक्तचाप तथा मधुमेहको विरामी थिए । 

स्वर्गिय राजभण्डारीका एक श्रीमती ,दुई छोराहरु तथा तीन छोरीहरु छन् । राजभण्डारीका छोरा सुधिर राजभण्डारी न्युज २४ टेलिभिजनमा महाप्रवन्धकको रुपमा कार्यरत रहेका छन् ।

उनको बुधबार नै पशुपतिको आर्यघाटमा दाहासंस्कार गरिएको छ ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै