• २०८१ बैशाख १४ शुक्रबार

बिहीबार पाँच अर्बको ट्रेजरी सोझै खरिद गर्दै राष्ट्र बैंक

kharibot

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सरकारको ट्रेजरी बिल सोझै खरिद बोलकबोलमार्फत खरिद गर्न लागिएको हो । 

सम्बन्धित काउन्टर पार्टीले ट्रेजरी बिल बिक्रीको लागि सो दिन अपरान्ह ३ बजेसम्म आवेदन दिनुपर्नेछ । यसको लागि काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी विलको सिरिज नं. र परिमाण उल्लेख गर्नुपर्नेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिलको परिमाणको बोल मूल्यमा गर्नुपर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी विल बहु मूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै